प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।

गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सगै प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परिएको हो । थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अबस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ ।

लागुऔषध कारोबारमा समंलग्न रहेका चारै जना उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
बिधिवत रुपमा मौलो पुजा सम्पन्न
२०७९-१२-१५

२०७९ सालको चैते दशैको शुभअवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा बिधिवतरुपमा सम्पन्न भएको छ । आज बिहान ०७:३५ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतित्थ्यतामा मौलोमा बिधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण रानीको प्राङ्गणमा भएको मौलो पुजामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रदेश प्रहरी तालिम केन्द्र रानी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ
२०७९-१२-१५

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुकको प्रहारबाट १ जनाको मृत्यु
२०७९-१२-१४

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ५८ बर्षीय ललित गुरुङको भरुवा बन्दुकको प्रहारबाट मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा ललित गुरुङ र ५२ बर्षीय बिर बहादुर गुरुङ स्थानीय कालिदह जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएकोमा रातको समयमा जंगली जनावर जस्तो देखि बिर बहादुर गुरुङले भरुवा बन्दुक चलाउदा ललित गुरुङलाई लागेको र गुरुङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले  भरुवा बन्दुक सहित बिर बहादुरलाई नियन्त्रणमा लिएको तथा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोलीले खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-१२-१४

निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।