बिधिवत रुपमा फुलपाती भित्राईदै
२०७९-०६-१६
- A
- A-
- A+
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिधिवत रुपमा बडा दशैको फुलपाती भित्राउनु भएको छ । आज बिहान भएको पुजा समारोहमा प्रदेश प्रहरी गण रानी बिराटनगरको परिसरमा रहेको भगवति मंदिरमा बैण्ड बाजा सहित पुजाअर्चना गरी फुलपाती भित्राईएको हो । पुजा समारोहमा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।