प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक सप्ताह २०८० शुभारम्भ

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

सडक दुर्घटना न्युनिकरणको लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा बिराटनगरमा आयोजना गरिएको ट्राफिक सप्ताह कार्यक्रममा बिराटनगरको बसपार्कबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगी  एक कार्यक्रमको आयोजना गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो ।

आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक दुर्घटना न्युनिकरणका लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् । ट्राफिक सप्ताह कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री कार्कीले बेलुन उडाएर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक ब्यबस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

साथै वहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट बिभिन्न किसिमका ट्राफिक ब्यबस्थापनका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक राजेशनाथ बास्तोलालाई  हस्तान्तरण गर्नु भएको थियो । सोही कार्यक्रममा ट्राफिक नियमको पालना गरी सुरक्षित र मर्यादित तरिकाले लामो समय सम्म सवारी साधन चलाउने उत्कृष्ट ५ जना सवारी चालकहरुलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीले गरेका उल्लेखनिय कार्यहरुको सम्बन्धमा तयार पारिएको बृतचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै ट्राफिक सप्ताहको सफलताको शुभकामना दिनुका साथै प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय गर्दै ट्राफिक प्रहरी सवारी दुर्घटना न्युनिकरणमा लागी पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेश प्रमुख सचिव डा.दिपक काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुरेश राउत,  जिल्ला प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव लगायतले आ-आफ्नो भनाई राख्नु हुँदै ट्राफिक सप्ताह कार्यक्रमले सवारी दुर्घटना न्युनिकरणका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो । 

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु,  अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात ब्यबसायीहरु, संचारकर्मीहरु, नागरीक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।