प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक सप्ताह २०८० शुभारम्भ

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

सडक दुर्घटना न्युनिकरणको लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा बिराटनगरमा आयोजना गरिएको ट्राफिक सप्ताह कार्यक्रममा बिराटनगरको बसपार्कबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगी  एक कार्यक्रमको आयोजना गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो ।

आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक दुर्घटना न्युनिकरणका लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् । ट्राफिक सप्ताह कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री कार्कीले बेलुन उडाएर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक ब्यबस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

साथै वहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट बिभिन्न किसिमका ट्राफिक ब्यबस्थापनका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक राजेशनाथ बास्तोलालाई  हस्तान्तरण गर्नु भएको थियो । सोही कार्यक्रममा ट्राफिक नियमको पालना गरी सुरक्षित र मर्यादित तरिकाले लामो समय सम्म सवारी साधन चलाउने उत्कृष्ट ५ जना सवारी चालकहरुलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीले गरेका उल्लेखनिय कार्यहरुको सम्बन्धमा तयार पारिएको बृतचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै ट्राफिक सप्ताहको सफलताको शुभकामना दिनुका साथै प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय गर्दै ट्राफिक प्रहरी सवारी दुर्घटना न्युनिकरणमा लागी पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेश प्रमुख सचिव डा.दिपक काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुरेश राउत,  जिल्ला प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव लगायतले आ-आफ्नो भनाई राख्नु हुँदै ट्राफिक सप्ताह कार्यक्रमले सवारी दुर्घटना न्युनिकरणका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो । 

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु,  अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात ब्यबसायीहरु, संचारकर्मीहरु, नागरीक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-११

मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट,  गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई  ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले  पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिवन्धित लागुऔषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८१-०४-०७

मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ स्थितबाट स्थानिय ३२ बर्षीय जीवन राई र २५ बर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल आउदै गरेका १९ बर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितबाट स्थानिय २० बर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ बर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ
२०८१-०४-०६

मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।