प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध औषधि बोकेको गाडी सहित चालक पक्राउ

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

झापाको बुद्धशान्ति गाँउपालिका ४ स्थितबाट ठुलो परिमाणमा अबैध औषधि बोकेको गाडी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गाडी चालक ईलाम सुर्योदय नगरपालिका ३ का ३० बर्षीय सईन्द्र राई रहेका छन् । हिजो बेलुका सँवा ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको  Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता, ZEEGOLD women soft Gelatin capsules १५०पत्ता, ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता, ZINCOCET २०० पत्ता, KT5Derm ७०० पत्ता, Gulfadryl ४५६ वोतल, ZENEGRA RED100 ८८४०पत्ता, Labdic Relief  २०० पिस, ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता, InsTAZIN १८०० पत्ता र  PARABOOST 650mg १६०० पत्ता अबैध औषधी बरामद गरि गाडी र चालकलाई पक्राउ गरिएको हो । सो परिमाणको अबैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मुल्य रहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बरामद भएको अबैध औषधी थप अनुसन्धानको लागी औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
आसरा सुधार केन्द्र पानवारी धरानमा महिला सुधार केन्द्र भवनको शिलान्यास
२०८३-०८-१०

सुनसरीको आसरा सुधारकेन्द्र पानवारी धरानमा महिला दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला सुधार केन्द्र भवनको शिलान्यास भएको छ । मंसिर १० गते आयोजित कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले भवनको विधिवतरुपमा शिलान्यास गर्नुभएको हो । आसरा सुधार केन्द्र पानवारी धरानमा पुरुष दुर्व्यसनीहरुलाई मात्र उपचार सेवा प्रदान गरिंदै आएकोमा बर्तमान अवस्थामा महिला दुर्व्यसनीहरुको संख्यामा समेत बृद्धि हुँदै गएकोले महिला दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनाको लागि महिला आवास भवन निर्माण गर्नु पर्ने आवश्यकता भएपछि महिला सुधार केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । सिलान्यास कार्यक्रममा प्रमुख अतिथि खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई लक्षित गरी महिला सुधार केन्द्रको स्थापना गरिएको बताउनु हुँदै सुबिधा सम्पन्न सुधार केन्द्रबाट दुर्व्यसनबाट प्रभावित महिलालाई समाजमा सहजरुपमा पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । भवन शिलान्यास कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी, सुधार केन्द्र संचालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्य लगायत स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०८-०९

सुनसरी, झापा र इलामबाट लागू औषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते सुनसरी जिल्लाको बिभिन्न स्थानहरुको सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले ५९ ग्राम ८८४ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-५ का आशिश बिश्वकर्मा, इटहरी- ५ का सुरेश राई, थाम्पुहाङ राई, धरान-११ का प्रकाश तामाङ, धरान-८ का रविन तामाङ, विराटनगर-४ का सुधिर प्रसाद खनाल, इटहरी-१६ का अनिराज चौधरी, इटहरी-६ का राम थापा, पथरी शनिश्चरे- ७ का अनिमिश शिवा र फर्वा गुरुङ रहेका छन् । त्यस्तै झापाको कन्काई नगरपालिका-३ बाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई-४ का अनिल चौधरीलाई २ ग्राम ३३० मिलिग्राम सहित र लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ बाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरापलिका-११ का अबिन उराव, मेचीनगर-७ का सयन मण्डल र राजिब राजबंशीलाई पक्राउ गरेको हो । इलामको सुर्योदय नगरापालिका-२ बाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले सोहि स्थानका दापेम्बा शेर्पालाई १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०८

सुनसरी र झापाबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र अस्थायी प्रहरी बिट हलगडाबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी-५ बाट मोरङ सुन्दरहरैचा-१० का २७ बषीय मन्जिल तामाङलाई ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी रेल्वेले धरान-११ का अनिल तामाङ, सुरज बि.क, अभिषेक तामाङ र विशाल रसाइलीलाई ३१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का अभिषेक राईलाई ट्रामाडोल ७० चक्की सहित पक्राउ गरेको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक -९ का युनिक श्रेष्ठ र काठमाण्डौ महानगरपालिका-१० का सहिल के.सी.लाई २ ग्राम ६५० मिलीग्राम ब्राउन सुगर सहित र दमक- ५ की गिता देवी रायलाई ७ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०६

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।मंसिर ५ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देब बहादुर पुलामीलाई १ ग्राम ९०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र निट्जासेन्ट १२८ क्याप्सुल प्रतिबन्धित औषधि सहित प्रहरी चौकी कुशेचौरी मोरङले पक्राउ गरेको छ ।त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले प्र.१-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा चालक धरान उपमहानगरपालिका-२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका-३ का २२ वर्षीय सन्तोष कुमार राम, भारतको अररिया निवासी २१ वर्षीय सन्दिप कुमार पासवान र २५ वर्षीय दिनदयाल पासवानलाई बि.आर. ५० ए.ई. ३६५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा ३ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-८ का ३२ वर्षीय सुशिल परियारलाई ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।लागू औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भईरहेको छ ।