प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन

२०८०-१२-०५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा ७ कार्यदिनको मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम पहिलो समुहको समापन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा गत फागुन २७ गतेबाट संचालन भएको उक्त तालिमको आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले  तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । साथै वहाँले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुनाले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउनु भयो ।
उक्त समापन कार्यक्रममा समसामयिक विषयवस्तुसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेश सभाका कार्यवहाक प्रदेश सभा सचिव (उप-सचिव)  श्रीमान गौतमराज अमात्य सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।