प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर एक जनाको मृत्यु

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

मोरङ मिक्लाजुङ्ग गाऊपालिका ८ का २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।


हिजो दिउसो २ बजे मोरङ मिक्लाजुङ्ग गाऊपालिका २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।