प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिरोले पुरिएर दुई जनाको मृत्यु

२०७९-०२-१८

  • A
  • A-
  • A+
Share

संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण  कार्यमा खटिएका  सुनसरी  धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका-६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन । मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ जना घाईते
२०८१-०८-२५

मोरङ र उदयपुरको २ स्थानहरुमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मंसिर २४ गते साँझ मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आउँदै गरेको  बा.९८ प ६७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१० का २४ बर्षीय हर्ष ढकालको उपचारकोलागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो । यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ स्थितमा गाइघाटबाट लिम्चुङबुङ तर्फ जाँदै गरेको बा.१ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो भने गाडीमा सवार ५ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेकोछ । प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप चालक मोरङ बुढिगंगा गाउँपालिका-३ का २९ बर्षीय जिबन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०८-२४

मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटना सम्वन्धमा प्रहरीले आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।

मा.गृहमन्त्री रमेश लेखकद्वारा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण
२०८१-०८-२२

माननीय गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ ।  मंसिर २२ गते निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका गृहमन्त्री रमेश लेखकलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री रमेश लेखकले कार्यालयको अवलोकन गर्नुका साथै कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा सचनात्मक कार्यका साथै तालुक गृहमन्त्रालयसंगकोअपेक्षा सम्वन्धमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले गर्नु भएको प्रस्तुतिकरण अवलोकन गर्नु भएको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभन
२०८१-०८-२१

नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका कपील खड्कालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । मंसिर २१ गते एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले पदोन्नती हुनु भएका खड्कालाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरी पदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न वँहाले निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत सहित जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।