प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७९-०७-०४

  • A
  • A-
  • A+
Share

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे गिटि लोड गरी उदयपुरको सिद्रे तर्फ जादै गरेको प्रदेश २-०१-००१त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय बिकाश राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०१-२७

सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र  सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको  छ ।  यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

अनियन्त्रित भई ट्याक्टर भिरबाट खस्दा १ जना बालकको मृत्यु ८ जना घाईते
२०८१-०१-२६

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसे स्थितमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको  तथा दुर्घटनामा घाईते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको , अन्य  ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।