प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लत्ताकपडा र समान बरामद

२०७९-०१-०५

  • A
  • A-
  • A+
Share

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली  चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर-१६ स्थितबाट ४ लाख ९ हजार  बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-२७

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२६

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई स्थलगत अवलोकन भ्रमण
२०८१-०३-२६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमका प्रशिक्षर्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको स्थलगत अवलोकन भ्रमण गराईएको छ । असार २३ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई प्रहरी निरीक्षक तोरण परियारको  टोलीले  अवलोकन भ्रमण गराएको हो । अवलोकन भ्रमणमा प्रशिक्षार्थीहरुलाई लागुऔषध सम्बन्धि भौतिक सबुद प्रमाणहरूको वैज्ञानिक परिक्षण, विश्लेषण, तुलना एवम् पहिचानको बारेमा जानकारी गराईएको थियो ।

पहिरोले पुरिएर बालिकाको मृत्यु
२०८१-०३-२६

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ बर्षीया छोरी रुपकला मगर रहेकि छन ।  हिजो बिहान परेको अबिरल बर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी उनको ३० बर्षीया श्रीमती हिर कुमारी मगर र ८ बर्षीया छोरी रुपाकला मगर घाईते भएका थिए । पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो । हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।