फरार प्रतिवादी पक्राउ
२०७९-०६-२४
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४० बर्षीय मनोज भन्ने चुलाई पासवान र बिराटनगर-५ का ३० बर्षीय बिकाश मण्डल रहेका छन । सम्मानित मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले पासवान बहु-विवाह मुद्धामा ६ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना र मण्डल बिना प्राविधिक औषधी पसल सञ्चालन मुद्धामा ५ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका थिए । फरार रहेका उनिहरुलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।