प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन ।

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

वहाँले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा  समय समयमा उद्दार अभ्यास गराउन समेत निर्देशन दिनु भएको छ । वहाँले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भयो ।
वहाँले प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो कोही सेवा ग्राहीहरुलाई समान व्यवहार गर्नुका साथै प्रहरी कार्यालयबाट सेवा लिएर फर्किदा नैराश्यता लिएर फर्किनु नपर्ने वातावरण सिर्जना गर्न उपस्थित सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुका साथै वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था अनुसार प्रहरी परिचालन, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण गर्नुका साथै निरन्तररुपमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनुभयो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-११

मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट,  गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई  ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले  पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिवन्धित लागुऔषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८१-०४-०७

मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ स्थितबाट स्थानिय ३२ बर्षीय जीवन राई र २५ बर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल आउदै गरेका १९ बर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितबाट स्थानिय २० बर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ बर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ
२०८१-०४-०६

मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।