प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

२०८०-०२-०४

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका-४ अडिया महल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा स्थानीय २८ बर्षीय दाम भन्ने ससुन धिमाल, दमक-९ का २७ बर्षीय अभिषेक बिश्वकर्मा र २० बर्षीय तिन्तुस मुन्नालाई फेला पारी चेकजाँच गर्दा उनिहरुले लकाईछिपाई राखेको अवस्थामा १० ग्राम ब्राउन सुगर, बिभिन्न कम्पनिको मोबाईल २ थान र निजहरुले प्रयोग गर्न को. ३९ प ६८७५, को. १४ प २२९० नम्बरको मोटरसाईकल २ थान फेला पारी नियन्त्रणमा हो । लागुऔषध ओसारपोसारमा संलग्न २५ बर्षीय रोशन बिश्वकर्मा तत्काल फरार भएकोले खोजी कार्य भईरहेको तथा पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।