प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०३-२७

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  आईतवार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८  नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर-१५ का  ४५ बर्षीय भोला श्रेष्ठ र  १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । साउन २५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को १२ प ३७३ मोटरसाईलकलाई संकालागी चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-४ का ३१ वर्षिय धिरज गुरुङ र  पछाडी सवार झापा गाउँपालिका-२ का २६ वर्षिय भुपेन्द्र सिंह राजवंशीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त्यसैगरी मोरङको रंगेली नगरपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह.६७७० नम्बरको ई-रिक्सालाई संकालागी चेकजाँच गर्दा सोही स्थानका ३० वर्षिय सुनिल कुमार मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोरङ जिल्लाका स्थानीय नागरिकहरु तथा पूर्व प्रहरी कर्मचारीहरुसंग भेटघाट तथा अन्तरकृया
२०८३-०४-२५

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले मोरङ जिल्लाका स्थानीय नागरिकहरु तथा पूर्व प्रहरी कर्मचारीहरुसंग भेटघाट तथा अन्तरकृया गर्नु भएको छ ।  अन्तरक्रियाका क्रममा स्थानीय नागरिकहरु तथा पूर्व प्रहरी कर्मचारीहरुले जिल्लाको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्धका विषयमा आफ्ना धारणा र सुझाव राख्नु भएको थियो । प्रदेश प्रहरी प्रमुख खनालले यस्तो भेटघाट तथा अन्तरक्रियाले प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुनुका साथै नागरिकका वास्तविक समस्या तथा अपेक्षा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कोशी प्रदेश प्रहरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानिय बासी तथा पुर्व प्रहरीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-२५

मोरङ, झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन् । साउन २४ गते मोरङको, सुनवर्षी नगरपालिका-८ स्थितमा प्रहरी चौकी सिक्टीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङ, उर्लाबारी नगरपालिका-२ का ३२ वर्षीय प्रेम बहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी रमाइलो मोरङले मोरङको लेटाङ नगरपालिका-३ का ३८ वर्षीय टंक प्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र  प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुर र सिमा सुरक्षा गुल्म भद्रपुर झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय संजिव सहनीको साथबाट ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर फेला पारी निजलाई पक्राउ गरिएको छ । त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-२ पशुपती चोकस्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ मिर्गौलिया-९ का ३२ वर्षीय सुमन कार्की र  सुनसरीको इटहरी उप-महानगरपालिका-२ का २१ वर्षीय संजिप पौडेललाई चेकजाँच गर्दा ७१० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०८३-०४-२५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । साउन २५ गते निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले प्रहरी आफैं समस्याको कारक नभई समाधानको माध्यम बन्नुपर्छ भन्ने उद्धेश्यका साथ जनसेवामा समर्पित हुन निर्देशन दिनु भएको छ । उहाँले कानुन र Chain of Command को पुर्ण पालना गर्दै सामाजिक सञ्जालको मर्यादित प्रयोग र सूचनाको गोपनीयता कायम राख्दै  कसैको दबाब, प्रभाव वा प्रलोभनमा नपरी पारदर्शी रूपमा प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । सीमा क्षेत्रमा अवैध चोरी–निकासी, पैठारी र लागूऔषध नियन्त्रणका लागि कडाइका साथ चेकजाँच तथा अपरेसन सञ्चालन गर्न, पेण्डिङ मुद्दा फर्छ्यौट, साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ र हुण्डीजस्ता अपराध नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न र सामाजिक सञ्जालबाट अफवाह फैलाउनेमाथि कडा निगरानी सहित कानुनी कारबाही गर्न निर्देशन दिनु भएको छ । साथै उहाँले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरु मार्फत आम नागरीकहरुसंग सद्भाव र भाइचारा अभिवृद्धि हुने गरी सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिन, सवारी दुर्घटना न्यूनीकरण गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन,  आगामी दिनमा विराटनगरमा हुने राधाकृष्ण रथयात्राको सुरक्षा व्यवस्था तथा आपराधिक गतिविधि नियन्त्रण गर्न थप सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खनाललाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको  बारेमा अवगत गराउनु भएको थियो ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०४-२४

मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् । साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान-१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ । त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका-८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका-११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८३-०४-२३

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ परेका छन । साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ वालिङ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखेको प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रक चेकजाँच गर्दा चालक बस्ने भाग र पछाडिको डालाको बिचमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १३ सय १५ किलो गाँजा फेला पारी ट्रक नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट भारत बिहार अररिया जिल्ला जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे र मोरङ बेलबारी नगरपालिका-११ बस्ने ५३ वर्षीय प्रकाश राईलाई १४ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-३ गुद्री लाइनबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले इनरुवा नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव र सोही स्थान बस्ने ३२ वर्षीय सदाम अन्सारीलाई प्रतिबन्धित औषधी २७ सय क्याप्सुल ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलामको प्रचौ दानाबारीले चेकजाँचकै क्रममा माई नगरपालिका-१ पाल्टारबाट कुसुन्डा जबेगु र हेमराज मगरलाई ५ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित र झापाको प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई २ ग्राम ०६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।