सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०७-१०
- A
- A-
- A+
मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितमा प्रदेश १-०२-००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका चालक कानेपोखरी-४ का ५० बर्षीय ज्ञान बहादुर लुङ्गेली मगर गम्भिर घाईते भई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे शिवसताक्षी नगरपालिका-९ स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोड तर्फ जाँदै गरेको मे. १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-६ का २३ बर्षीय रोनि बोसको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मेचिनगर-१४ का बिकाश राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।