प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पैनीको पानीमा डुबी बालिकाको मृत्यु

२०७९-०४-०५

  • A
  • A-
  • A+
Share

मोरङको पथरीशनिश्चरे-९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ । आज बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका-३ घर भई हाल पथरीशनिश्चरे-९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।  घटना स्थलमा  ईलाका प्रहरी कार्यालय पथरीबाट  प्रहरी टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।