चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-११-१४
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०१|०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र नगद २ हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका मोरङ बिराटनगर महानगरपालिका-२ का १८ बर्षीय सन्तोष रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाईएको छ ।