प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

मोरङ धनपालथान गाऊपालिका ३ मोरीयापुल स्थितमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् ।

आज दिउसो साढे २ बजे रंगेली-बिराटनगर सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र १-०४-००१ख ००२२ नम्बरको बसले  बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरी टोली खटि गई दुवै घाईतेलाई उपचारको लागी रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन । मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ जना घाईते
२०८१-०८-२५

मोरङ र उदयपुरको २ स्थानहरुमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मंसिर २४ गते साँझ मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आउँदै गरेको  बा.९८ प ६७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१० का २४ बर्षीय हर्ष ढकालको उपचारकोलागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो । यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ स्थितमा गाइघाटबाट लिम्चुङबुङ तर्फ जाँदै गरेको बा.१ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो भने गाडीमा सवार ५ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेकोछ । प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप चालक मोरङ बुढिगंगा गाउँपालिका-३ का २९ बर्षीय जिबन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०८-२४

मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटना सम्वन्धमा प्रहरीले आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।