प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ तुम्लिङटारका २७ बर्षीय बिकाश कुमालले पछाडी भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ डेटोनेटर- २ थान, निओजेल- २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेसगै बिष्फोटक पदार्थ ओसार पसारमा संलग्न मोटरसाईकल चालक स्थानीय २७ बर्षीय बसन्त कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।