प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागीबाट ३ जना बालबालिको मृत्यु

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

भोजपुरको हतुवागढी गाउँपालिका-७ पिप्ले स्थितमा आगोलीबाट ३ जना बालबालिको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एका घरको दाजुभाईका ३ जना बालबालिको मृत्यु भएको हो ।

आगोलागीबाट जलेर मृत्यु हुनेहरुमा सोही स्थान बस्ने केदार कार्कीको ५ वर्षिय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षिया छोरी  दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ वर्षिय दिउनिस कार्की रहेका छन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।