प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर महिलाको मृत्यु

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे की ७३ बर्षीया डम्बर कुमारी दाहाल हुन् । हिजो दिँउसो साढे २ बजे रतुवामाई-१० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा हिजो बेलुका साढे ४ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८१-०१-०५

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । हिजो दिउँसो इलामको माङसेबुङ गाउँलिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको थियो भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ । यसै गरी राती १० बजे उदयपुरको उदयपुरगढी-७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका-६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०१-०५

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको  मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ-५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको  प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगर सहित र प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी-३ का सबिन चौधरी, कोशी गाउँपालिका-१ का १९ बर्षीय  रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०४

मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।     

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
२०८१-०१-०३

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।