करेन्ट लागेर १ जनाको मृत्यु
२०८१-०२-०९
- A
- A-
- A+
मोरङको बेलबारी नगरपालिका-९ बैराखुनी स्थितमा करेन्ट लागेर ३७ बर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । हिजो बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको भएको थियो भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरी रहेको छ ।