न्यानो कपडा बितरण
२०७९-०९-३०
- A
- A-
- A+
बिराटनगर महानगरपालिका-१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघद्वारा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । आज बिहान १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असहाय परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो ।
"सेवा नै धर्म हो" भन्ने भावनाका साथ Aureo प्राईभेट लिमिटेड, उषा गिरी र सामाजिक अभियान्ता राहुल भट्टराईको सहकार्यमा श्रीमती संघद्वारा न्यानो कपडा बितरण कार्यक्रमको आयोजना गरिएको हो ।