प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिल बिजक बिनाको अबैध गहना सहित १ जना पक्राउ

२०८०-०७-१७

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-११ मा संचालित पशुपति ज्वलर्शका संचालक बिश्वजित जानालाई बिल बिजक बिनाको अबैध गहना सहित प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएर बिल बिजक बिना सुन तथा चाँदीका गर गहना बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका बिश्वजितले संचालन गरेको ज्वलर्शबाट प्रहरीले १५३.८ ग्राम सुनको तयारी गर गहना र ९९ केजि ९४६ ग्राम ५ मिलिग्राम चाँदीको तयारी गर गहना बरामद गरेको छ । ठुलो परिणामको तयारी गहना सहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

लागू औषध गाँजा बोकेको एम्बुलेन्स सहित २ जना पक्राउ
२०८३-०१-२३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई  राखेको  १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम
२०८३-०१-२२

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख २२ गते नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग प्रस्तावित प्रहरी ऐन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रस्तावित प्रहरी ऐनमा समेटिनु पर्ने बिषयहरुमा सहभागीहरूले आफ्नो धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि राजन अधिकारीले प्रस्तावित प्रहरी ऐनले संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र आधुनिक बनाउन सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । ‍उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।