प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७८-१२-२५

  • A
  • A-
  • A+
Share

मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका-३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी-४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित समाचार
बिधिवत रुपमा मौलो पुजा सम्पन्न
२०७९-१२-१५

२०७९ सालको चैते दशैको शुभअवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा बिधिवतरुपमा सम्पन्न भएको छ । आज बिहान ०७:३५ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतित्थ्यतामा मौलोमा बिधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण रानीको प्राङ्गणमा भएको मौलो पुजामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रदेश प्रहरी तालिम केन्द्र रानी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ
२०७९-१२-१५

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुकको प्रहारबाट १ जनाको मृत्यु
२०७९-१२-१४

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ५८ बर्षीय ललित गुरुङको भरुवा बन्दुकको प्रहारबाट मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा ललित गुरुङ र ५२ बर्षीय बिर बहादुर गुरुङ स्थानीय कालिदह जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएकोमा रातको समयमा जंगली जनावर जस्तो देखि बिर बहादुर गुरुङले भरुवा बन्दुक चलाउदा ललित गुरुङलाई लागेको र गुरुङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले  भरुवा बन्दुक सहित बिर बहादुरलाई नियन्त्रणमा लिएको तथा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोलीले खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-१२-१४

निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।