प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५ जना फरार प्रतिवादीहरु पक्राउ

२०८०-०८-०६

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुटै स्थानबाट बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत बिराटनगर, इलाम इजलासको मिति २०८०।०२।१० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा २ दिन कैद र २ लाख रुपैया जरिवाना तथा पिडित राहत कोषमा ८ हजार रुपैया जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका दमक नगरपालिका- ५ घर भई हाल बिर्तामोड - १ स्थित बस्दै आएक ५५ बर्षीया मिना तामाङलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०६७ सालको फैसला आदेशले ४ बर्ष ८ महिना १६ दिन कैद रहि फरार रहेका मिक्लाजुङ गाउँपालिका- १ का ५० बर्षीय धनकुमार राई र ७० बर्षीय देवि प्रसाद राईलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो भने सम्मानित उदयपुर जिल्ला अदालतको फैसला आदेशले सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ८ दिन कैद फैसला भई फरार रहेका चौदण्डीगढी नगरपालिका- १ का २१ बर्षीय सुर्य परियारलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी लागुऔषध गाँजा मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।०१।१४ गतेको फैसला आदेशले ११ महिना ५ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका ताप्ली गाउँपालिका- १ का २४ बर्षीय पुकार भन्ने लेख बहादुर मगरलाई सुनसरीको धरानमा लुकिछिपि बसेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई तोकिएको कैद भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०४

सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका- ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा- ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका- ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका- ४ का ३२ बर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ, भने झापाको बुद्धशान्ति गाउँपालिका- ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।