प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु

२०७८-१२-२३

  • A
  • A-
  • A+
Share

 झापाको बुद्धशान्ति गाँउपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको  प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको  पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बि एण्ड  सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका-६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६

झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।  लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता
२०८२-१२-२३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र हिमशिखर टेलिभिजन दमक, झापा विच प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । चैत्र २३ गते कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे र हिमशिखर टेलिभिजन दमक झापाको तर्फबाट व्यवस्थापक हरि कृष्ण न्यौपाने विच प्रत्येक हप्ताको सुक्रबार १७:०० बजे, पुन: प्रशारण शनिवार बिहान ०९:३० बजे र आइतबार १३:०० बजे नि:शुल्करुपमा प्रसारण गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम मार्फत सचेतनामुलक सामग्रीहरु सहित नेपाल टेलिभिजन इटहरी लगायत स्थानीय टेलिभिजनहरुसंगको सहकार्यमा निरन्तररुपमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।

ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८२-१२-२३

झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ । चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर-४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र  अस्ट्रेलियन डलर ५ बरामद भएको  थियो । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका-९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८२-१२-२३

सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जनालाइ पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका-५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका-५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल  बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ । नियन्त्रणमा लिइएका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।