प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित पक्राउ

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

झापाको झापा गाउँपालिका-५ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैया सहित बरामद गरेको हो ।
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-२९

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ बजे  विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT समुह तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ स्थित ग्यारेजमा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडी मा प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा ३१३ किलोग्राम लागुऔषध गाँजा वरामद गरेको छ । लागुऔषध गाँजा वरामद भए संगै उक्त ग्यारेजमा काम गर्ने धरान-१५ का २८ बर्षीय आशिष कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थाई प्रहरी चौकी तीनकुनेबाट  खटिएको प्रहरी टोलीले धरान-८ स्थितबाट नियन्त्रित औषधी स्पासपेन ९ हजार ५ सय पिस सहित धरान-१२ का २४ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१६ हुलास चौकबाट धरान-१५ का ३६ बर्षीय श्याम राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले NITROSUN २० चक्की र ESKUF 100 ml सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

विमानस्थलबाट चाँदी सहित एक जना महिला पक्राउ
२०८१-०१-२९

झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० बर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । हिजो बेलुका साढे ६ बजे बुद्द यएरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकि छिरीङको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतिय रुपैया २८ हजार ५ सय बरामद भएको थियो । अवैध चाँदी सहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०१-२७

सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र  सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको  छ ।  यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।