कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण
२०८०-०९-१७
- A
- A-
- A+
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यज्यूले कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ । आज अपरान्ह निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका माननीय आयुक्तज्यूलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यलयको सम्पुर्ण शाखा लगायत कार्यालयको सौन्दर्यकरण समेतको अवलोकन गर्नु भएको थियो । सोही क्रममा माननीय आयुक्तज्यूलाई प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादन गरिएका उल्लेखनिय कार्यहरुको वारेमा प्रस्तुतिकरणद्वारा अवगत गराउनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।