प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०८०-०५-१२

  • A
  • A-
  • A+
Share

मोरङको उर्लावारी नगरपालिका-४ पुर्व पश्चिम राजमार्गमा टिपरले मोटरसाईकललाई टक्कर दिंदा चालकको मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आऊँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक सप्तरीको तेरहौता-५ का २८ बर्षीय निरज यादवको उपचारको क्रममा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको तथा टिपर र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।