फरार प्रतिवादी पक्राउ
२०७९-०७-१५
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले पशुपक्षीं सम्बन्धि कसूर मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।११।१८ गतेको फैसला आदेशले जनही १ महिना २५ दिन कैद भई असुल गर्न बाँकी रहेका प्रतिवादी धरान उप-महानगरपालिका-३ सुनसरीका ३१ बर्षीय अनिश शाही, ३२ बर्षीय राजेश खड्गी र २८ बर्षीय आशिष खड्गीलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई कैद भुक्तानको लागि आजै झुम्का कारागार पठाइएको छ ।