प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन- प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । पद बहाली ग्रहण पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो । निर्देशनको क्रममा वहाले तत्कालको कुनै पनि स्थितिलाई नियन्त्रणमा लिन र समय समयमा भएका आदेश निर्देशनलाई पालना गर्न उपयुक्त कार्य योजना बनाएर लागु गर्न मातहत प्रमुखहरुलाई निर्देशन दिनुका  साथै नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छ्यौट,  लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन तथा  दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त हुनु पर्ने र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाई भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो । निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न  र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई न्युनिकरण गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०८-२४

मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प. १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप-महानगरपालिका- १९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी- २ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८०-०८-२३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । आज कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवा भन्ज्याङ यात्रा अभियान कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित उक्त कार्यक्रममा कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरुमा प्रहरी परिचालन गरी  कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिनु भएको छ । यसका साथै   जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र उक्त कार्यक्रम अवधिभर मिलाएको समग्र सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु २ जना घाईते
२०८०-०८-२३

मोरङको सुन्दरहरैचा नगरपालिका- ४ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा- ७ का २५ बर्षीय भुपाल मगर, सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय भिम बहादुर मगर र २८ बर्षीय बिक्रम माझीलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा बिक्रम माझीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।