लागू औषध सहित १० जना पक्राउ
२०८३-०४-२४
मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् ।
साउन २३ गते जिल्ला
सुनसरी,
बराहक्षेत्र नगरपालिका-१, गुप्तबराहस्थित
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट
चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको
मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको
४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान
उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार
जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया
जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही
स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट
खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३
वर्षीय रुद्र मगर र धरान-१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम
ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण
ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर
महानगरपालिका-१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर
पक्राउ गरिएको छ ।
त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका-८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध
नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले
ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई
चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे
नगरपालिका-५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर
नगरपालिका-११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३
ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैको
सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।