बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२२
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी १ जना पक्राउ गरेको छ । सम्मानित उच्च अदालत पाटनको मिति २०७८।०८।२४ गतेको फैसला आदेशले ६ दिन कैद र ४५ लाख रुपैया जरिवाना र सोही अदालतको मिति २०७८।०७।१५ गतेको फैसला आदेशले १ दिन कैद र ३ लाख रुपैया जरिवाना बेरुजु रही फरार रहेका बिराटनगर महानगरपालिका-५ का ३५ बर्षीय मो. ज्याउर रहमानलाई खोजतलासको क्रममा गाउँघरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रहमानलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।