प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८०-०९-११

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी हवल्दार हरी प्रसाद ढकाललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको छ । विभागिय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेकोले वाँहाले गरेको कार्यको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको हो । पुरस्कृत भएका ढकालले  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मंसिर महिनाको बिभिन्न मितिमा स्काभेटर शृङ्खलाबद्ध रुपमा आगजनी भएको घटनाको सफल अनुसन्धान पश्चात दोसीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।