प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र धनकुटा जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत सोमवार दिउँसो प्रदेशका बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१३ बाट बिराटनगर-१४ का २१ बर्षीय दिपेश सिंह ठकुरी, बिराटनगर-१७ का १९ बर्षीय शिबम थापा मगर र बिराटनगर-१५ का २० बर्षीय सेजन राईलाई १४.४४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका-४ बाट पाख्रिबास नगरपलिका-३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका हुन भने झापाको अर्जुनधारा नगरपालिका-८ का २१ बर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोवायल सहित मेचीनगर नगरपालिका ८ बाट  प्रहरीले पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट खोटेहाङ गाउँपालिका-८ खोटाङका १९ बर्षीय शिशिर थापा ०.४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।