प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषीत

२०७८-०८-०६

  • A
  • A-
  • A+
Share

ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्नुका साथै जिल्ला झापा, गौरादह नगरपालिका वडा नं.५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँ मिती २०७८/०७/११ गते विहान ११:०० वजे देखी हराएको भनि परेको निवेदनका आधारमा निजको खोज तलास गर्ने क्रममा निजलाई कर्तब्य गरी मारी सोही नगरपालिका वडा नं.५ स्थित महमद सद्दामको घर देखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मिति २०७८/०७/२६ गते निजको मृतक लाश फेला पारी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई २०७८ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

 
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०४-०२

मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते मोरङको सुनबर्षी नगरपालिका-९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ बर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ बर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ की २१ बर्षीया प्रतिक्षा राय लाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभुमी गाँउपालिका-५ का २३ बर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।