प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको छ ।


निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्दुत्व, भातृत्व भाव र अनुशासित तवरले आफ्नो पदिय दायित्व निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।


वाँहाले नागरीकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सव्य र पिढित मैत्री वातावरणमा रहेर सेवाग्राहीको हितमा ध्यान दिई प्रहरी सेवा प्रदान गर्न जोड दिनु भयो । साथै वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, भारतिय काउण्टर पार्टससंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका साथै आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भयो । 


निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई सुनसरी जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

लागू औषध गाँजा बोकेको एम्बुलेन्स सहित २ जना पक्राउ
२०८३-०१-२३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई  राखेको  १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम
२०८३-०१-२२

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख २२ गते नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग प्रस्तावित प्रहरी ऐन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रस्तावित प्रहरी ऐनमा समेटिनु पर्ने बिषयहरुमा सहभागीहरूले आफ्नो धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि राजन अधिकारीले प्रस्तावित प्रहरी ऐनले संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र आधुनिक बनाउन सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । ‍उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।