प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठुलो परिमाणको प्रतिबन्धित औषधी, ब्राउनसुगर, र गाँजा सहित ५ जना पक्राउ

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार ठुलो परिमाणको प्रतिबन्धित औषधी तथा लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ९ बाट शिबसताक्षी- १० का ३० बर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित औषधी Tramadol- ७५ हजार ८ सय ३० क्याप्सुल, Dicyclomine- २३ हजार ९ सय ७० क्याप्सुल र Vibel- ५ सय ९० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो । मे. १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित औषधी बरामद भएको थियो । ठुलो परिमाणमा औषधी बरामद भएसंगै अटो सहित भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ बाट स्थानीय २२ बर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर- १५ बाट ब्राउनसुगर ११ मिलिग्राम र नाईट्रोजन औषधी १० चक्की सहित स्थानीय ४६ बर्षीय अरुण शाही र ४६ साजन श्रेष्ठलाई पक्राउ गरेको हो  । यसैगरी  धरान उप-महानरपालिका- ४ का २० बर्षीय सुलभ राईले लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सुचना पाएसगै अस्थाई प्रहरी पोष्ट पत्राङबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १ किलो ग्राम गाँजा फेला पारी राई सहित बेचबिखनमा संलग्न २६ बर्षीय अनिस राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ
२०८२-०२-०७

झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम ८१ मिलिग्राम सहित पक्राउ गरेको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जेठ ६ गते खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ बाट सोही स्थानका २५ बर्षीय अभिषेक लिम्बुको घर कोठाबाट ब्राउन सुगर २ ग्राम १ सय २० मिलिग्राम र स्पास्पेन १० चक्की फेला पारेसंगै बेचबिखनमा संलग्न धनकुटा-७ का १९ बर्षीय सागर सहनी, धनकुटा-१ का २२  बर्षीय राम राई र २४ बर्षीय दवा छिरीङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण
२०८२-०२-०७

नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएको छ । वहाँले मिति २०८२ साल जेष्ठ ०५ गते बिहान ०८:५६ बजेको समयमा सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्नु भई नेपाल र नेपाल प्रहरीको झण्डा फहराउन सफल हुनु भएको थियो । सर्वोच्च शिखर सफतापुर्वक आरोहण गर्नु हुने शेर्पालाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक वधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । आरोहण पश्चात जेष्ट ६ गते वेस क्याम्प आई पुग्नु भएकि शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले हार्दिक वधाई सहित स्वागत गरेको छ ।  सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका-९ घर भएकि शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय साईवर व्यूरोमा कार्यरत हुनुहुन्छ ।  

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा कोशी प्रदेश प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०२-०६

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्नुका साथै उद्योग परिसंघका पदाधिकारीहरु विच छलफल तथा अन्तरक्रिया समेत भएको छ । जेठ ५ गते विराटनगर स्थित परिसंघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष पवन सारडा तथा  नि. वर्तमान अध्यक्ष भिम घिमिरे लगायतका पदाधिकारीहरुले प्रदेश प्रहरी प्रमुख कार्कीलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रमुख कार्कीसंग संघका अध्यक्ष सारडा लगायत पदाधिकारीहरुले कोशी प्रदेशको बर्तामान शान्ति सुरक्षा, भन्सार छली चोरी निकासी लगायत विविध बिषयमा छलफल तथा अन्तक्रिया गर्नु भएको थियो । उक्त कार्यक्रममा उद्योग परिसंघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार तथा  नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहलाई समेत स्वागत गर्नुकासाथै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

माया घरमा बिद्युतिय अटो टेम्पो, खाद्यान तथा लत्ताकपडा बितरण
२०८२-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा रहेको माया घरमा बिद्युतिय अटो टेम्पो तथा खाद्यान सामाग्री हस्तान्तरण गरीएको छ । जेठ ५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा माया घर नेपाल इटहरीका संरक्षक सुभद्रा प्याकुरेलको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा अटो टेम्पो र खाद्यानका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बजाज सोरुम इटहरीका प्रवन्धक प्रदिप सन्थालिया र व्यवस्थापक जयन्त सन्थालिया, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक रुकेश तन्डुकार, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना लगायत सिनियर प्रहरी अधिकृतहरुका साथै माया घर नेपालका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिबन्धित औषधी र गाँजा सहित ५ जना नियन्त्रणमा
२०८२-०२-०६

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-२ का २३ बर्षीय राहुल गुरुङ र २७ बर्षीय समिर राईलाई ट्रामाडोल २ सय ९० चक्की, २ सय ९०  चक्की डाइजी-20 सहित र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरीको धरान उप-महानगरपालिका-१७ का ३८ बर्षीय जिवन राई र धरान-५ का ४२ बर्षीय अर्जुन तामाङलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरी चौकी अमरहाट सुनसरीले धरान-१३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका -३ का ४५ बर्षीय गजेन्द्र कुमार याखालाई साढे ४ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।