प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम” सम्पन्न:

२०८०-०५-०५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौद्वारा सञ्चालित स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रहरी दिवश २०८० को अवसरमा “Prevention is better than cure” भन्ने नाराका साथ नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिई आउनु भएका बिज्ञ प्राविधिक प्रहरी डाक्टरहरुद्वारा आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी गण रानी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  प्राथमिक उपचार, क्यान्सर तथा मृगौलासंग सम्बन्धित रोगबाट बच्ने उपाय, रोगका मुख्य लक्षण, रोग लाग्न सक्ने कारणहरुबारे जानकारी गराउनका साथै प्रहरी कर्मचारीहरुले Blood sugar test, Pap. Smear Test (पाठेघरको मुखको परीक्षण), Urine R/M/E +UPT, Dental Test आदि परीक्षणको सेवालाभ समेत लिएका थिए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले खटि आउनु भएका चिकित्सक टोलीलाई हार्दिक स्वागत गर्नु हुँदै मायाको चिनो समेत प्रदान गर्नु भई कार्यक्रमलाई सम्बोधन गर्नु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले यस सचेतना मुलक कार्यक्रम तथा स्वास्थ्य शिविर संचालनले प्रहरी कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी ज्ञान प्राप्त भई जिवन यापनमा सहजता प्रदान गर्नेमा बिश्वस्त रहेको बताउँनु भयो । यसका साथै शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीहरुले आफ्नो स्वास्थ्यलाई ध्यान दिन समेत कठिनाई हुने गरेको हुँदा यस किसिमका स्वास्थ्य शिविर निकै नै फलदायी हुने धारणा ब्यक्त गर्नु भयो ।  


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।