प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित १४ जना पक्राउ

२०८१-०९-२२

  • A
  • A-
  • A+
Share

झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई  स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का  २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२ का १९ बर्षीय रिजन राई र त्रियुगा-१० का २३ बर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ  भने दमक नगरपालिका -८ झापाका २२ बर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले र  २१० मिलिग्राम ब्राउन सुगर सहित तेह्रथुम लालिगुराँसका ३२ बर्षीय विकाश श्रेष्ठ र २६ बर्षीय राजिव सम्बहाम्फे प्रहरी चौकी सिधुवा धनकुटाले र धनकुटा हिलेका २५ बर्षीय केवल तामाङ र २८ बर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा  ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।