प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

२०७८-११-०८

  • A
  • A-
  • A+
Share

कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी -१२ का मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बु र ईटहरी-१२ कै भरत चौधरीले आफ्नो  न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।