प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्र.ना.म.नि.

मोबायल नं. ९८५२०८४४४४

ईमेलः koshi@nepalpolice.gov.np

कन्ट्रोलः ०२१-४३७००१

 

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
२०८३-०६-२६

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा बृक्षारोपण गरिएको छ । असोज २६ गते बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मान बहादुर राई सहित  सिनियर तथा जुनियर प्रहरी अधिकृत प्रहरी कर्मचारीहरुद्वारा कार्यालय परिसरमा बिभिन्न प्रजातिका फलफूलका बिरुवाहरु रोपिएको छ ।

  • लागू औषध सहित ९ जना पक्राउ
    २०८३-०७-०१

    मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

    [ विस्तृतमा ]
  • साधाना देवी उत्कृष्ट प्रहरी पुरस्कारबाट प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली र प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्की पुरस्कृत
    २०८३-०६-३०

    प्रहरी दिवसको अवसरमा प्रदान गरिने १ लाख धनराशीको बाहौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” यस वर्ष जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्कीलाई प्रदान गरिएको छ । कोशी  प्रदेश अन्तरगत वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट सर्वोत्कृष्ट छनौट भएका दुवै जनालाई ७१ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले संखुवासभा जिल्लाको शान्ति-सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य एवं जनमुखी बनाउन अतुलनीय योगदान पुर्‍याउनुको साथै कार्यसम्पादन सम्झौता मूल्यांकनमा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भएको साथै प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्कीले सुनसरीको रामधुनी-२ का दिनेश कुमार चौधरीको हत्यामा संलग्न रामधुनी-१ का ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह-५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज-४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह र राजबिराज-९ का २८ वर्षीय प्रिन्स कुमार दास सहित ७ जनालाई पक्राउ गर्न सफलभएको हुँदा उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारद्वारा पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाई अक्षयकोषका संस्थापक बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डाक्टर बिक्रम प्रसाद श्रेष्ठले ५०/५० हजार धनराशीको चेक प्रदान गर्नु भएको थियो । कार्यक्रममा “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” अक्षयकोषका संस्थापक डाक्टर बिक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।  

    [ विस्तृतमा ]
  • ७१ औं प्रहरी दिवसमा SEE तथा उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्ततीहरु पुरस्कृत
    २०८३-०६-३०

    ७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई स्नातक तहमा ३५ हजार, +2 तर्फ र २५ हजार र  SEE तर्फ १० हजार रुपैयाका दरले कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पुरस्कृत गर्नु भएको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०७९-०५-२६ म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ।(२०७९-०५-२६)
२०७८-०८-१० प्रहरी निरीक्षक (जनपद), प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना । (२०७८-०८-१०)
२०७८-०६-२२ जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०६-२२)
२०७८-०५-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०५-२५)
कोशी प्रदेश प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी कार्यक्रम भाग १८२
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview