प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वार्षिक कार्य सम्पादन सम्झौताको समिक्षा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

२०८०-०३-१०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष ०७९/८० को लागी बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार जेठ मसान्त सम्मको कार्य प्रगति विवरण समिक्षा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा सम्पन्न भएको समिक्षा प्रस्तुतिकरण कार्यक्रममा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण देखि जेठ मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक महेश भट्टराईले कार्यक्रमको सहजिकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरु गम्भिरतापूर्वक लागि पुरा गर्न हुन तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरीकको सेवामा २४ सै घण्टा तल्लिन रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो । यसका साथै वाहाँले स्थानीय एफ.एम., रेडियोहरुसंगको समन्वयमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आम नागरीकहरुको चेतनामा अभिबृद्धी गरी  अपराधीक घटनाहरुमा कमी ल्याउन पहल गर्नु का साथै सिमावर्ती क्षेत्रमा हुन सक्ने बिभिन्न अपराधीक गतिबिधीहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा चुस्त दुरुस्त रुपमा प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।