प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हराएका सवारी साधन फेला पारी सम्वन्धित सवारी धनीलाई हस्तान्तरण

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन  कार्यालय इटहरी सुनसरीमा आयोजित  एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको छ ।  आज बिहान भएको हस्तान्तरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले फेला पारेको ३ वटा  मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा वहाँले सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक  अनिवार्य लगाउन र  सुरक्षा साइरनहरु सवारीमा जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा  सम्वन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफुहरुलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रसंसा गर्नु भएको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ भने ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।