प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आवास भवन तथा भान्सा घरको उद्घघाटन

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद राई,  केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

आवास भवन तथा भान्सा घरको उद्घघाटन

मोरङ, २०८० चैत १४ गते ।

सम्बन्धित समाचार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८१-०१-१४

सुनसरी दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

लागूऔषध सहित २ जना पक्राउ
२०८१-०१-१४

सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो २ बजे धरान उपमहानगरपालिका ८ तिनकुनेबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।यसै गरी हिजो बेलुका साढे ४ बजे धरान उपमहानगरपालिका १३ आपगाछीबाट अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ
२०८१-०१-१३

कर्तब्य ज्यान मुद्धामा फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई घटना भएको १७ बर्ष पछी पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका-१०  का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका आरोपित ६० बर्षीय  तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-०१-१२

झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले  दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १  थान र नगद  १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
२०८१-०१-१२

झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ५ बजेको समयमा दमकबाट सुरुङगा तर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च. ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका कमल गाउँपालिका-४ का २५ मौषम राई, २० बर्षीय युनिश भण्डारी र १७ बर्षीय सरोज रेग्मी घाईते भई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा तिनै जनाको मृत्यु भएको हो । घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर-६ झापाका ऋषि राज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।