प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेबारीसे अवस्थामा लागुऔषध गाँजा बरामद

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

मोरङको बुढिगंगा गाउँपालिका ४  मा सार्वजनिक यात्रु बाहक बसबाट प्रहरीले बेबारीसे अवस्थामा रहेको गाजा फेला पारेको छ । सोमबार ईलाका प्रहरी कार्यालय नेमुवाको गेट अगाडीबाट सोही कार्यालयको प्रहरी टोलीले कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ आउदै गरेको को १ ख ५४३६ नम्बरको सार्वजानिक यात्रु बहाक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा सिट मुनी लुकाई छिपाई राखिएको ६ केजि २०० ग्राम लागुऔषध गाँजा फेला पारि बरामद गरेको हो । यात्रु बाहक बस सम्बन्धित बस चालकको जिम्मा लगाई छाडिएको साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।