प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको समुद्‍घाटन

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भएको छ । जेठ १ गते बिहान साढे ९ बजे आयोजित एक कार्यक्रम बीच धनकुटा नगरपालिका-६ स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्षको प्रहरी महानिरीक्षक थापाले समुद्‍घाटन गर्नु भएको हो ।

नवनिर्मित भवनहरुको समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनबाट  आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलव्ध हुने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो । प्रहरी संगठनलाई सुदृढीकरण र समृद्धिकरण गर्दै लैजानको लागी संरचनाहरुको निर्माणले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा नागरिकले समेत यस्ता बिषयहरुलाई चासोको रुपमा लिनु पर्ने धारणा ब्यक्त गर्नुभयो । प्रहरी बर्दीधारी नागरिक हो भने नागरिक बिना बर्दीको प्रहरी भएकोले नागरीकले दिएको सुचना र विश्लेषणको आधारमा प्रहरीले आवश्यक रणनिती बनाई समाजमा अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय राख्न तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार नागरिक र प्रहरी हातेमालो गरी अगाडि बड्नु पर्ने बताउनुभयो ।

वँहाले सुविधा सम्पन्न भवनमा बस्ने प्रहरी कर्मचारीले मनोबल उच्च र उत्प्रेरिण बनाई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न  सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापाले विभिन्न प्रहरी इकाईहरुलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्याउने महानुभावहरुलाई कदर पत्र तथा प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सुन्दर भवनको सुन्दरतालाई कायमै राख्न भवनमा बस्ने प्रहरी कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा भवन सरसफाई तथा सौन्दर्यकरणमा बिशेष ध्यान दिन तथा प्रहरीलाई नयाँ भवन प्राप्त भए संगै थप जोश र जागरका साथ समाजमा प्रभावकारी रुपमा शान्ती सुरक्षा व्यवस्था मिलाउन, अपराध अनुसन्धान गर्न र कानूनी राज्यको प्रत्याभुती दिलाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुका साथै उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले नव निर्मित भवनको निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा सौचालय समेतको कुल ९ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्रुवराज राया, श्री नं २ बाहिनि अड्डा हिले धनकुटाका प्रमुख सहायक रथी दिल बिक्रम सुब्बा, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेल, उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायधिश देश बहादुर सार्की, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विरानटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम कुमार चौधरी लगायत सिनियर प्रहरी अधिकृतहरु तथा स्थानिय जनप्रतिनिधि, संचारकर्मी, विभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्दिजिवि तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसै गरी नव निर्मित भवन उद्‍घाटनको क्रममा धनकुटा पुग्नु भएका प्रहरी महानिरीक्षक थापाले धनकुटाको श्री पन्चमी पार्क वालकेन्द्रमा रहेका बालबालिकाहरुको लागी नेपाल प्रहरी श्रीमती संघद्वारा उपलव्ध गराईएको शैक्षिक समाग्रीहरु वितरण गर्नु भएको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।