लागुऔषध सहित १२ जना पक्राउ
२०८२-०१-१३
- A
- A-
- A+
झापा र मोरङबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट मोरङको बिराटनगर-१५ र १६ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर १६ ग्राम १३४ मिलिग्राम र लागुऔषध १८४ एम्पुल सहित बेचबिखनमा संलग्न नुवाकोट शिवपुरीका २६ बर्षीय रमेश गुरुङ, सुनसरी इटहरी-१५ का ३० बर्षीय कलाम मिया, इटहरी-१३ का ३५ बर्षीय दिपक खत्री, को. १२ प ६७९० नम्बरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-३ का २५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार बेलबारी-११ का २२ बर्षीय रोमन राईलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान -१५ बाट वडा प्रहरी कार्यालय धरानले सोहि स्थानका ३४ बर्षीय सुरेश गुरुङ, २२ बर्षीय नरेश राई, संगम राई, धरान- १९ का २३ बर्षीय अनिके राई, धरान- ८ का २५ बर्षीय सनम परियार, धनकुटा घर भई हाल धरान- १५ स्थित बस्दै आएका ४५ बर्षीय चन्द्र लिम्बु र साँगुरीगढी गाउँपालिका- ८ का ३७ बर्षीय कुल बहादुर बान्तवालाई ट्रामाडोल ५४१ क्याप्सुल, स्पासपेन ११२ चक्की, डिकोलिक ३०० चक्की र गाँजा ५०० ग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।