प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी निरीक्षक आधारभुत तालिम १८२ औं समूहका प्रशिक्षार्थीहरुको कोशी प्रदेश प्रहरी प्रमुखसँग अन्तरकृया कार्यक्रम सम्पन्न

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १-१८२ औं समूहका  जना प्रशिक्षार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ उक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो  । अन्तरकृया कार्यक्रम पश्चात तालिमरत प्रशिक्षार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण शाखाहरुको अवलोकन गराईएको थियो । प्रहरी निरीक्षक आधारभूत तालिम पाठ्यक्रममा बिभिन्न पेशागत सैद्धान्तिक विषयवस्तुका साथसाथै व्यवहारिक अध्ययन भ्रमण कार्यक्रम पनि समावेश गरिएको हुन्छ । तसर्थ प्रशिक्षार्थीहरुलाई स्थलगत रुपमा प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य अनुसार आज यस प्रदेश प्रहरी कार्यालय विराटनगरमा अन्तरक्रिया तथा अवलोकन भ्रमण कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।