प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०७९-०३-०५

  • A
  • A-
  • A+
Share

ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । ईटहरी -४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागुऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।

पुरस्कृत भएका ओझाले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।    


 प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।



सम्बन्धित समाचार
लागू औषध गाँजा बोकेको एम्बुलेन्स सहित २ जना पक्राउ
२०८३-०१-२३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई  राखेको  १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम
२०८३-०१-२२

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐन सम्वन्धमा प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख २२ गते नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग प्रस्तावित प्रहरी ऐन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रस्तावित प्रहरी ऐनमा समेटिनु पर्ने बिषयहरुमा सहभागीहरूले आफ्नो धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि राजन अधिकारीले प्रस्तावित प्रहरी ऐनले संगठनलाई अझ व्यवस्थित, उत्तरदायी र आधुनिक बनाउन सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । ‍उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८३-०१-२०

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर-१३ का रोहन राजबंशी, मेचीनगर -९ का मनिष उप्रेती र मेचीनगर-६ का मिलन कार्कीलाई ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र सर्लाही लालबन्दी नगरपालिका-२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र शिवसताक्षी नगरपालिका-७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका-२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भण्टाबारी सुनसरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ का श्याम कुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१९

झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका-५ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति नगरपालिका-१ का हरी प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोहि स्थानका बिकल राईलाई ७० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई  ४१  एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१८

झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बुद्धशान्ति गाउँपालिका- ४ का प्रदिप दाहाल र अर्जुनधारा नगरपालिका- १ का सुकराज उरावलाई पक्राउ गरेको छ | इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका- ७ का समिर गोले र माइजोगमाई गाउँपालिका- ५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ का सजिब राईलाई ट्रामाडोल ९० क्यापसुल सहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।